Трек очень похож на
- Название Mero Aafno Bhannu, Pt. 2
- Исполнитель Sanjeevani
- Жанр World
- Год релиза 2015
- ISRC NOAPC1512073
Видео
Текст песни
मेरो आफ्नो भन्नु तिमी, मेरो सारा खुसी तिमी
हो, मेरो आफ्नो भन्नु तिमी, मेरो सारा खुसी तिमी
मलाई धेरै माया गर्ने, दुःख पर्दा साथ दिने
दुई मुटुको एउटै धड्कन, मेरो मनको मान्छे तिमी
तिम्रो साथ बिना जीवन म सोँच्न सक्दिनँ
मेरो साथ बिना तिमी हाँस्न सक्देनौ
सागरसरी चोखो माया फैलीरहोस् यसै गरी
तिमी मेरो, म तिम्रै हुँ, छुट्ने छैनौ जुनीभरि
छुट्ने छैनौ जुनीभरि
तिम्रो मनको ढुकढुकीमा सधैँभरि बस्न पाउँ
हो, तिम्रो मनको ढुकढुकीमा सधैँभरि बस्न पाउँ
यो मनले सधैँ भन्छ, "तिम्रो खुसी देख्न पाउँ"
पूर्णिमाको जुन हौ तिमी, मेरो जिन्दगानी तिमी
म रुँदाखेरी तिमीले मेरो आँसु पुछिदिने
मेरो मनमा छौ तिमी, मेरो संसार हौ तिमी
तिम्रो दिलको बगैँचामा सयौँ जुनी फुलिरहुँ
तिम्रो दिलको बगैँचामा सयौँ जुनी फुलिरहुँ
यति चोखो तिम्रो माया मन-मुटुमा सजाई रहुँ
मेरो आफ्नो भन्नु तिमी, मेरो सारा खुसी तिमी
मलाई धेरै माया गर्ने, दुःख पर्दा साथ दिने
दुई मुटुको एउटै धड्कन, मेरो मनको मान्छे तिमी
तिम्रो साथ बिना जीवन म सोँच्न सक्दिनँ
मेरो साथ बिना तिमी हाँस्न सक्देनौ
सागरसरी चोखो माया फैलीरहोस् यसैगरी
तिमी मेरो, म तिम्रै हुँ, छुट्ने छैनौ जुनी भरि
छुट्ने छैनौ जुनीभरि

